आफन्त रुवाउँदै विदेशिनेकाे लर्काे (फोटोफिचर)

 माघ २०, २०८० शनिबार १४:७:८ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डौ – विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजीमा विदेश भौंतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन । नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरुको सङ्ख्या ठूलो छ । धेरैजसो नेपालीहरु स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन्।

कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा विदेशिन बाध्य छन् । यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरुको क्रन्दन र रोदन हेरे र सुने पुग्छ । आफ्नो परिवारलाई खुसी र सुखसँग पाल्ने अनि आफ्नो जीवन बनाउने सपना पोल्टामा बोकेर विदेशिएका कतिपय नेपालीहरु त उतै अस्ताउँछन् ।

त्यतिमात्रै होइन, शव ल्याउन पनि लाशमाथिको राजनीति शुरु हुन्छ । सीप सिकेर गएकाहरुले केही काम गर्नसक्छन् । तर सीप सिकेर विदेश नगएकाहरु कामै नपाउँदा समेत स्वदेश फर्किन चाहेर पनि सक्दैनन् । यता साहुको ऋणमाथि ऋण थपिएको बोझले कतिपय गलत काम गर्न बाध्य हुन्छन् ।

यस्ता धेरै उदाहरण र भोगिसकेका घटना हाम्रै देश र समाजका हुन् । यी तीतो यथार्थलाई कहिल्यै नजिकबाट नियाल्न नसक्ने नेतृत्वहरु अझै पनि स्वदेशमै रोजगारी दिन्छौँ भन्न लाज मान्दैनन् । बोली पूरा गर्न त परको कुरा बोलेको दुई दिनमै बिर्सिहाल्ने बानी नेतृत्व वर्गमै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ । तर मान्छेको साथमा वास्तवमा देश दुख्छ र रुन्छ । देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ, देख्छ न त नजिकबाटै नियाल्छ । न त रोएको देशलाई कहिल्यै मल्हमपट्टी लगाउने बारेमा ध्यान दिन्छ । जे हुन्छ, आज हुन्छ, भोलि बिर्सिसक्छ । त्यसैले नै होला भोलिका भविष्यहरु आज आफ्नो आँशु झारेर भए पनि आफ्नो भविष्य सुरक्षित राख्न विदेशिएका छन् ।

 

परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एकपटक रुवाएर र आफू रोएर भए पनि विदेश जाँदैछन् । किन पनि भने भोलिका यो देशका भविष्यहरु आफ्नो देशमा आफ्नै भविष्य सुरक्षित देख्दैनन् । नेताहरु नै दुई थरिका कुरा गर्छन् । सरकारमै रहेका मन्त्रीहरु एकातिर स्वदेशमै राजगारी दिनेकुरा गरिरहेका हुन्छन् भने अर्को ठाउँमा दक्ष जनशक्ति पठाउने भनेर श्रम सम्झौता गरेर हिँडिरहेका छन् ।

डाक्टर, नर्स, श्रमिकहरुका लागि सम्झौता गर्दै गइरहेका घटना केही महिनाअघिका सरकारका कामहरुले नै देखाउँछ । समग्रमा भन्दा आज देशको भविष्य रोएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया