कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा

 माघ २१, २०८० आइतबार ६:३०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साविक विजेता तथा एसियन कप फुटबलको आयोजक कतार सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त समय १/१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ । इरानले हिजो भएको खेलमा जापानलाई २–१ गोलले हरायो । अर्को सेमिफाइनलमा जोर्डन र दक्षिण कोरिया खेल्नेछन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया