प्रिमियर लिगमा एस्टनभिल्लाले सेफिल्डलाई ५ गोलले हरायो : आज चार खेल हुँदै

 माघ २१, २०८० आइतबार ९:१५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टनभिल्लाले सेफिल्ड युनाइटेडलाई ५ गोलले हराएको छ । जितसँगै एस्टनभिल्लाको २३ खेलमा ४६ अङ्क भएको छ । एस्टनभिल्ला तालिकाको चौथो स्थानमा छ । पराजित सेफिल्ड युनाइटेड समान खेलमा १० अङ्कसहित पुछारमा छ ।

अर्को खेलमा ब्राइटनले क्रिस्टल प्यालेसलाई ४–१ गोलले हरायो । ब्राइटन २३ खेलमा ३५ अङ्कसहित सातौ स्थानमा छ । समान खेलमा २४ अङ्क रहेको क्रिस्टल प्यालेस चौधौँ स्थानमा छ ।

त्यस्तै न्युक्यासल युनाइटेड र लुटन टाउनले चार/चार गोलको रोमाञ्चक बराबरी खेलेका छन् । न्युक्यासल २३ खेलमा ३३ अङ्कसहित नवौँ स्थानमा छ । लुटन भने २२ खेलमा २० अङ्कसहित १६औँ स्थानमा छ ।

हिजो बेलुका भएको पहिलो खेलमा टोटनहम र एभर्टनले २/२ गोलको बराबरी खेले । यस्तै बर्नली र फुलहमले पनि २/२ को बराबरी खेलेर अङ्क बाँडेका छन् । प्रिमियर लिगमा आज चार खेल हुँदैछन् ।

आज म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम, चेल्सी र उल्भ्स, आर्सनल र लिभरपुल तथा बर्नमाउथ र नटिङघम फरेस्ट खेल्दैछन् । लिभरपुल २२ खेलमा ५१ अङ्कसहित शीर्षस्थानमा र आर्सनल समान खेलमा ४६ अङ्कसहित तेस्रो स्थानमा छ । २१ खेलमा ४६ अङ्क रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया