फ्रेन्च लिगमा नेपाली खेलाडी सावित्रा भण्डारी 'साम्बा'को डेब्यु

 माघ २१, २०८० आइतबार १२:७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी सदस्य सावित्रा भण्डारी 'साम्बा'ले फ्रेन्च लिगमा डेब्यु गरेकी छन् । गएराति फ्रान्सेली क्लब अन आभान्टा ग्वेनगाम्पका लागि खेल्दै साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेकी हुन् । बोर्डो विरुद्धको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

अस्ति शुक्रवार मात्रै फ्रान्सेली क्लबमा अनुबन्ध भएकी साम्बा बोर्डोविरुद्धको खेलमा टिम लाइन अफमा समावेश हुँदै वैकल्पिक खेलाडीको रुपमा थिइन् । उनले ७५औँ मिनेटमा मैदान प्रवेश गर्दै फ्रान्समा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइन् ।

फ्रान्सेली क्लब अन आभान्टा ग्वेनगाम्पमा अनुबन्ध हुनु भनेको विश्व महिला फुटबलको सबैभन्दा उच्च दर्जाको फुटबल खेल्ने सुनिश्चितता हो । यो नेपाली फुटबल खेलाडीले व्यावसायिक रूपमा प्राप्त गरेको अहिलेसम्मकै ठूलो सफलता हो । साम्बाले नेपाली राष्ट्रिय टोलीका लागि कीर्तिमानी ४२ गोल गरेकी छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया