मुगुको खत्याड गाउँपालिकामा आगलागी हुँदा दुई जनाको ज्यान गयो, तीन वटा घर जलेर नष्ट

 माघ २२, २०८० सोमबार १२:१७:५५ | मनिराज पाण्डे
unn.prixa.net

मुगु - मुगुको खत्याड गाउँपालिका-२ गोडेखोलामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । गएराति भएको आगलागीबाट तीन वटा घर जलेका छन् ।

लालके संज्याल, दीपक संज्याल र सन्दीप संज्यालको घर पूर्ण रुपमा जलेको वडाअध्यक्ष हेमराज मल्लले जानकारी दिनु भयो ।

आगलागीबाट लालके संज्यालका छोरा १४ वर्षका विशाल स‌ंज्याल र छोरी १२ वर्षकी झरना संज्यालको ज्यान गएकोे छ । राति लागेको आगो स्थानीय बासिन्दाको सहयोगमा आज बिहान मात्र  निभाइएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया