१९ वर्षमुनिको विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकालाई हराउँदै भारत फाइनलमा

 माघ २४, २०८० बुधबार ७:४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत फाइनलमा पुगेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो ।

बेनोनीमा दक्षिण अफ्रिकाले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर ५ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । भारतका सचिन दासले सर्वाधिक ९६ रन बनाए । कप्तान उदय शरणले ८१ रन जोडे ।

दक्षिण अफ्रिकाका क्वेना मफाका र ट्रिस्टन लुइसले तीन/तीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । उसका लुआन प्रेटोरिअसले ७६ र रिचार्ड सेलेटस्वेनले ६४ रन बनाए ।

भारतका राज लिम्बानीले ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा भोलि अस्ट्रेलिया र पाकिस्तान खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार हुनेछ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया