दक्षिण अफ्रिकामाथि न्युजिल्यान्डकाे ठूलाे अन्तरकाे जित

 माघ २४, २०८० बुधबार १५:७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्ड २ सय ८१ रनको फराकिलो अन्तरले विजयी भएको छ ।

रनको आधारमा टेस्ट क्रिकेटमा न्युजिल्यान्डको यो दोस्रो ठूलो जित हो । यसअघि २०१८ मा क्राइस्टचर्चमा भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ४ सय २३ रनले हराएको थियो ।

न्युजिल्यान्डले दिएको ५ सय २९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका पाँचौँ दिनको चिया समयपछि २ सय ४७ रन बनाउँदा अल आउट भयो । दक्षिण अफ्रिकाका डेभिड बेदिङ्घमले ८७ रन बनाए । न्युजिल्यान्डका केल जेमिनसनले ४ र मिचेल स्यान्टनरले ३ विकेट लिए ।

न्युजिल्यान्डले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ७९ रन बनाउँदा इनिङ्स सकिएको घोषणा गरेको थियो । न्युजिल्यान्डका केन विलियमसनले शतक बनाए । दक्षिण अफ्रिकाका नेल ब्रान्डले २ विकेट लिए ।

यसअघि माउन्ट मानगनुईमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले पहिलो इनिङ्समा ५ सय ११ रन बनाएको थियो । न्युजिल्यान्डका रचिन रविन्द्रले दोहोरो शतक र केन विलियमसनले शतक बनाए । दक्षिण अफ्रिकाका नेल ब्रान्डले ६ विकेट लिए ।

दक्षिण अफ्रिका पहिलो इनिङ्समा १ सय ६२ रनमै अल आउट भएको थियो । दक्षिण अफ्रिकाका केगन पिटरसनले ४५ रन बनाए । न्युजिल्यान्डका म्याट हेनरी र मिचेल स्यान्टनरले समान ३ विकेट लिए ।

यी दुईबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट फेब्रुअरी १३ देखि ह्यामिल्टनमा शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया