एमाले केन्द्रीय कमिटी बैठक चल्दै

प्रधानमन्त्री आफैँ सप्रिन्छु भन्छन्, सरकार पूर्णतः असफल भयो– ओली

 फागुन ८, २०८० मंगलबार १८:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजदेखि शुरु भएकाे केन्द्रीय कमिटी बैठकले राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने एमालेको जनाएको छ ।

बैठकमा सङ्गठनात्मक कामको प्रतिवेदन प्रस्तुत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । प्रतिवेदनमा एमालेले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गर्न आउँदो २०८१ साललाई शुद्धीकरण र सङ्गठन सुदृढीकरणको वर्ष बनाउने उल्लेख गरेको छ ।

बैठकमा प्रस्तुत भएको प्रस्तावमा केन्द्रीय सदस्यहरूले सामूहिक छलफल गरेर सुझाव पेस गर्नेछन् । साङ्गठनिक समस्यादेखि नेता कार्यकर्ताको आचरणमा देखिएका विचलनहरूलाई समेत प्रतिवेदनमा समेटिएको छ । पार्टीमा प्रवेश गरेका र अधिवेशनपछि जिम्मेवारीबाट बिदा भएका कार्यकर्ताहरूको व्यवस्थापनको विषय पनि केन्द्रीय कमिटी बैठकको एजेन्डा छ ।

बैठकमा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा चुनावमा एक्लिनुपरेको बताउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै सरकार सम्पूर्णरूपमा असफल भएको दाबी गर्नुभएको छ ।

बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्री प्रकाश ज्वालालाई दोषी किटान गर्दासमेत राजीनामा नदिएको भन्दै अध्यक्ष ओलीले मन्त्री ज्वाला र प्रधानमन्त्री प्रचण्डको टिप्पणी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया