एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल हुँदै

 फागुन ९, २०८० बुधबार ९:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा विभिन्न ६ वटा प्रस्ताव पेस भएका छन् ।

हिजोदेखि शुरु भएको बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् । ती प्रस्तावमा छलफलका लागि नौ वटा समूह बनाइएको छ ।

बिहान १० बजेदेखि समूहगत छलफल शुरु हुने नेताहरुले बताएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले पेस गरेका प्रस्तावमा पार्टीका निर्णय कार्यान्वयन गर्न नसक्नु, गुट/उपगुट मौलाउनु, नागरिकमा विश्वास जाग्न नसक्नुलगायतका कारण उल्लेख छन् ।

महासचिव शंकर पोखरेलले पेस गरेको सङ्गठनात्मक प्रस्तावमा केन्द्रीय कमिटीले गरेका निर्णयको समीक्षा गरिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको कामकारबाहीबारे जनदबाब र जनपरिचालनसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । बैठक भाेलि १० गतेसम्म चल्नेछ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया