सावित्रा भण्डारीले वाफ महिला च्याम्पियनशिपकाे फाइनल नखेल्ने

 फागुन १६, २०८० बुधबार १५:२४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारीले वाफ महिला च्याम्पियनशिपको फाइनल खेल नखेल्ने भएकी छिन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेङ्गाम्पमा आबद्ध भण्डारीले भोलि जोर्डनसँग हुने फाइनल खेल नखेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

क्लबसँगको सम्झौताअनुसार सावित्राले फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । समूह चरण र सेमिफाइनल खेल विन्डो अन्तर्गत थियो । फाइनल खेल भने फिफा विन्डो बाहिरको हो ।

हिजो भएको सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया