वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध

 फागुन २१, २०८० सोमबार ७:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – हिजोको वर्षाले पूर्व–पश्चिम राजमार्गको नवलपरासीमा पर्ने चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ ।

सडक स्तरोन्नतिका लागि भित्तो काट्ने काम भइरहेकाले हिजो पानी परेपछि रातो माटो बगेर सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको हो । सडक चिप्लो भएर गाडी चलाउन पनि समस्या रहेको प्रहरीले जनाएको छ ।

हिजै रातिदेखि सडक अवरुद्ध हुँदा गाडीकाे लाइन लागेकाे छ । यात्रुहरू अलपत्र परेका छन् । आज बिहानदेखि बल्ल यात्रुवाहक गाडी चल्न थालेका छन् । मालवाहक ठूला ट्रक अझै चल्न सकेका छैनन् ।

लामो समयदेखि निर्माणाधीन यो सडक खण्ड हिजोको वर्षाका कारण हिलाम्मे भएको छ । ट्रकलगायतका धेरै वजन बोकेका कतिपय गाडी त्यही हिलोमा फसेका छन् । यी गाडी हटाउन पहल भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

विस्तार भइरहेका अरू सडकमा पनि गाडी चलाउन समस्या भएको चालकहरूले बताएका छन् । सडकको छेउ र कुना खनेर बनाउने काम भइरहेकाले पानी पर्नेबित्तिकै हिलाे हुने र हिलोमा गाडी फस्ने समस्या हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया