नयाँ गठबन्धनमा सहभागी हुने, नहुने विषयमा नेकपा एकीकृत समाजवादी अन्योलमा

 फागुन २१, २०८० सोमबार १५:४०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नयाँ गठबन्धनमा सहभागी हुने नहुने विषयमा नेकपा एकिकृत समाजवादी पार्टी अन्योलमा परेको छ । नेकपा एमालेसँगको निकै खराब सम्बन्धका कारण केही नेताहरुले एमालेसहितको यो गठबन्धनमा जान नहुने धारणा राखेका छन् ।

केहीले भने गठबन्धनमा जानुपर्ने तर्क राखेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र गठबन्धनमा सामेल हुने/नहुनेबारे छलफल गर्न अहिले केहीबेरमा सचिवालयको बैठक बस्न लागेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।

कम्युनिष्ट पार्टीहरुकै बीचमा गठबन्धन भएकाले धेरै नकारात्मक हुन जरुरी नभएको पनि खनालले बताउनुभएको छ । अहिले प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल कृषिमन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री हुनुहुन्छ । माओवादीले एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने निर्णय गरे पनि एमालेले भने यो विषयमा अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया