कर्णालीमा टेलिफाेन तथा इन्टरनेट सेवा अवरुद्ध

 फागुन २१, २०८० सोमबार १८:२९:९ | मनिराज पाण्डे
unn.prixa.net

फाइल फाेटाे

कालीकोट – कर्णाली प्रदेशका हिमाली जिल्लामा टेलिफाेन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

शनिवार रातिदेखि भइरहेकाे हिमपातका कारण दैलेख, कालीकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका जिल्लाहरूमा टेलिफाेन (ल्यान्डलाइन, माेबाइल) तथा इन्टरनेट सेवामा समस्या आएको नेपाल टेलिकम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख उमेश शाहले बताउनुभयो ।

छिनछिनमा टेलिफोन तथा इन्टरनेट सेवा आउने जाने भइरहेको छ । सुर्खेतदेखि दैलेख, कालीकोट हुँदै जुम्ला पुर्‍याइएको अप्टिकल फाइबरमा समेत समस्या आएको छ । टेलिफोन टावर रहेका धेरै ठाउँहरूमा हिउँ जमेका कारण सेवा प्रवाहमा समस्या आएको र सुधारका लागि पहल भइरहेको प्रमुख शाहले बताउनुभयो ।

कर्णाली प्रदेशका धेरैजसाे टलिफोन टावरहरू साैर्य प्रणालीबाट सञ्चालनमा छन् । हिउँद र बर्खायाममा पानी पर्दा तथा हावाहुरी चल्दा यस क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया