सत्ता फेरबदलका कारण बारम्बार परराष्ट्रमन्त्रीको विदेश भ्रमण रोकिँदा नेपालको छवि धूमिल

 फागुन २१, २०८० सोमबार १८:४४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा हुने सत्ता गठबन्धन र सरकार परिवर्तनको असर नेपालको अन्तर्राष्ट्रिय छविमा पर्न थालेको छ । विशेषगरी अन्तर्राष्ट्रिय मञ्चमा जान ठिक्क परेका परराष्ट्रमन्त्रीको भ्रमण अन्तिम समयमा रोकिँदा नेपालको छवि धूमिल हुँदै गएको हो ।

पछिल्लो एक वर्षमा ठ्याक्कै दुई पटक यस्तै भएको छ । गएको वर्ष परराष्ट्रमन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्को ५२ औँ बैठकमा भाग लिन स्विट्जरल्यान्डकाे जेनेभा जान ठिक्क पर्नुभएको थियो । गएको वर्षको फागुन १३ गते राति तत्कालीन परराष्ट्रमन्त्री पौड्यालको उडान टिकट थियो, उहाँका बन्दोबस्तीका सामानसहितको झोलासमेत ठिक्क पारिएको थियो । तर त्यसै दिन दिउँसो प्रधानमन्त्री प्रचण्डले भ्रमण रोकिदिनुभयो । माओवादी र एमालेको खटपटले गर्दा नेपालले संयुक्त राष्ट्र सङ्घको महत्त्वपूर्ण बैठकमा मन्त्री पठाउन पाएन ।

अहिले पनि त्यस्तै भएको छ । परराष्ट्रमन्त्री एनपी साउद फिनल्यान्डमा भइरहेको संयुक्त राष्ट्र सङ्घको अतिकम विकसित देशहरूको फ्युचर फोरमको दोस्रो समारोहमा जान ठिक्क पर्नुभएको थियो, हिजो मन्त्रालयले सूचना निकालेर भ्रमणबारे जानकारी पनि दिएको थियो । तर कांग्रेससँगको गठबन्धन टुटेर सरकार ढल्ने भएपछि उहाँ फिनल्यान्ड जान पाउनुभएन । अन्तिम समयमा परराष्ट्रमन्त्रीको भ्रमण रोकिँदा नेपालको छवि फेरि एकपटक धूमिल भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया