बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान
बैशाख १५, २०८१ शनिबार
कालीकोट – कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ८ कालढुङ्गा भन्ने ठाउँमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नरहरीनाथ ८ का ४३ वर्षीय केशव थापा र २७ वर्षीय गंगा थापा रहेका वडा नम्बर ९ का अध्यक्ष प्रदिप बोहराले जानकारी दिनुभयो ।
पुरानो पोल उखेल्ने क्रममा पुरानो पोलले नयाँ पोललाई छुँदा उनीहरुलाई करेन्ट लागेको हो । त्यहाँ नेपाल विद्युत् प्राधिकरणले ६ महिना अघि ११ हजार भोल्टेजको प्रसारण लाइन पुर्याएको हो ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।