दैनिक उपभोग्य बस्तुमा कालोबजारी बढ्यो

 जेठ २७, २०७५ आइतबार १८:१:३३ | दीपक भट्ट

रामेछाप – रामेछापमा दैनिक उपभोग्य बस्तुमा कालोबजारी बढेको छ ।

सरकारले बर्दिबास–सिन्धुली हुँदै रामेछापसम्म आउने सडकमा ठूला सवारीसाधन चलाउन बन्द गरेपछि दैनिक उपभोग्य बस्तुमा कालोबजारी झनै बढेको छ । आर्थिक वर्ष २०७५–०७६ को बजेट सार्वजनिक भएपछि रामेछाप नै दैनिक उपभोग्य बस्तुको मूल्य बढेको थियो । 

व्यवसायीहरुले तराइसँग जोडिएको सडकमा सरकारले सवारीसाधन सञ्चालनमा रोक लगाएको र बजेट भाषण सँगै केही सामानहरुको मूल्य कम्पनीबाट नै वृद्धि भएर आएको भन्दै दैनिक उपभोग्य सामाग्रीहरुको मूल्य बढाएका छन् ।

सरकारले बजेट भाषणमा अर्को आर्थिक वर्षबाट लागू हुने गरी खानेतेल, सूर्तीजन्य पदार्थ र मदिरामा कर बढाएको भए पनि व्यवसायीहरुले भने आर्थिक वर्ष २०७४।०७५ नसकिँदै सबै दैनिक उपभोग्य सामाग्रीको मूल्य बढाएका छन् । तर मूल्यवृद्धिबारे स्थानीय प्रशासन मौन बसेको छ ।

पछिल्लो एकहप्ता बजारमा चामल, चिउरा, दाल, गेडागुडी, चिनीलगायतका खाद्यान्नमा व्यवसायीहरुले आफू खुशी चर्को मूल्यवृद्धि गरी कालोबजारी गरिरहेको उपभोक्ता मञ्च रामेछापका सचिव रामचन्द्र कडेलले बताउनुभयो ।
    
 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया