कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने, विपक्षी अरू दलहरूसँग पनि सहयोग माग्न छलफल गर्ने

 फागुन २६, २०८० शनिबार १५:१७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ गते गर्ने तयारी छ । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् । उसले विपक्षी अरू दलहरूसँग पनि अध्यक्षमा सहयोग माग्न छलफल गर्ने भएको छ ।

नयाँ सत्ता गठबन्धन बनेपछि राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनाउने यसअघि चार दल– एमाले, माओवादी, रास्वपा र जसपाबीच सहमति भएको थियो ।

५९ जना सदस्य रहेको राष्ट्रिय सभामा वर्तमान सत्ता गठबन्धनको बहुमत छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल गएको फागुन २० गते सकिएको थियो । सत्ता समीकरण बदलिनुअघि कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अगाडि सार्ने चर्चा हुँदै आएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया