कांग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्षकाे उम्मेदवार बनाउने

 फागुन २७, २०८० आइतबार १८:४१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टी सांसदीय दल कार्यसमितिको बैठकले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी संसदीय दलकी सचेतक सुशीला थिङले जानकारी दिनुभयो । पार्टीको तर्फबाट प्रस्तावित अध्यक्ष पदका उम्मेदवार शर्माको पक्षमा मतदान गराउनका लागि अन्य प्रतिपक्ष दलहरूसँग पनि छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसअघि कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाकाे अध्यक्ष बनाउने योजनासहित राष्ट्रिय सभा सदस्य बनाएको थियो । तर माओवादी केन्द्रले त्याे पद आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेपछि सत्तारूढ गठबन्धन टुटेको थियो । राष्ट्रिय सभाको अध्यक्ष पदको चुनाव पर्सि मङ्गलवार हुँदैछ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया