कलङ्की–बसुन्धरा सडक खण्डमा धुलो र खाल्डाखुल्डी, 'साइट क्लियर' भइसके पनि चिनियाँ पक्षले काम शुरु गरेन

 चैत १, २०८० बिहिबार १५:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ — चक्रपथअन्तर्गत कलङ्की–बसुन्धरा सडक खण्ड धुलो र खाल्डाखुल्डीका कारण समस्यापूर्ण बनेको छ । सडक विस्तार तथा स्तरोन्नतिका लागि सडकको छेउछाउ भत्काइएका कारण लामो समयदेखि सडक अस्तव्यस्त बनेको हो ।

'सर्भिस लेन' निर्माणका क्रममा सडकका दुवै खण्डमा थुपारिएको ढुङ्गा–माटोले ट्राफिक जाम बढेको छ । यो सडक हुँदै दैनिक यात्रा गर्ने यात्रु आजित छन् । सडक आसपास व्यापार व्यवसाय गर्नेहरू पनि हैरान भएको बताउँछन् । यो सडकका कारण सहरका अरू क्षेत्रमा पनि फोहोर बढेको छ ।

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा लेख्दै चक्रपथबाट सहर प्रवेश गर्ने गाडीले चक्रपथको धुलो सहरका कुनाकुनासम्म पुर्‍याउने गरेका कारण नियमित प्रयास गरे पनि भित्री सहरको सडक अव्यवस्थित र फोहोर देखिने गरेको बताउनुभएको छ । उहाँले सङ्घीय नेपालको केन्द्रीय राजधानी सहरकै हालत यस्तो हुँदा दुरदराजको विकास पद्धतिले कसरी फड्को मार्छ भन्ने प्रश्नसमेत गर्नुभएको छ ।

कलङ्की–बसुन्धरा सडक खण्ड पाँच वर्षदेखि अलपत्र छ । चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलङ्की विस्तार सकिएपछि २०७५ सालमै यो खण्डको डिजाइन र विस्तारका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो ।

शुरुमा कोरोना महामारीका कारण देखाउँदै काम शुरु नगरेकोमा त्यसपछि साइट क्लियर हुनुपर्ने मुद्दा उठाएर काम शुरु गरेन । सामाखुसीमा रहेको शिवमन्दिर सार्ने काम भइरहेको र अरू 'साइट क्लियर' भइसकेको सडक विभागले जनाएको छ । तर पनि चिनियाँ पक्षले काम शुरु गरेको छैन ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया