चेरी फूलले ढकमक्क काठमाण्डौ (फोटो फिचर)

 चैत ३, २०८० शनिबार १७:८:३४ | विकास तामाङ
unn.prixa.net

काठमाण्डौ – भृकुटीमण्डपसहित काठमाण्डौका विभिन्न ठाउँ यतिबेला चेरी फूलले ढकमक्क भएको छ । वसन्त ऋतु शुरु भएसँगै बोटबिरुवामा फूल फुल्न र पालुवा लाग्न थालेको हो । ढकमक्क फूल र हरियाली सबैलाई मन पर्छ ।त्यसैले ढकमक्क फूल फुलेका ठाउँमा घुमफिर गर्ने र फोटो खिच्नेहरुको भीड लागेको छ ।

भृकुटीमण्डप, नक्साल, लैनचौर, सिनामङ्गल क्षेत्रसहित विभिन्न सडकको छेउ तथा कोरिडोरहरुमा पनि चेरीलगायतका फूलहरू फूलेका छन् । यी ठाउँहरुमा फूल जस्तै मुस्कुराउँदै तस्बिर खिच्ने युवायुवतीहरुको पनि उत्साह देखिन्छ । बोटबाट झरेको फूल र त्यसका टुक्राले सिङ्गारिएका सडक पेटीहरूको दृश्य झनै मनमोहक छ । यतिबेला राजधानीमा चेरी फूलले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ ।

जापानको राष्ट्रिय फूलसमेत रहेको चेरी फूललाई जापानी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा रैथाने पैँयू र आरूका नामले पनि चिनिन्छ । 

हेरौं काठमाण्डौमा ढकमक्क फूलका केही दृश्य :

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया