गर्मी बढ्दै, तराईका धेरै ठाउँको तापक्रम ३० डिग्रीभन्दा माथि

 चैत ५, २०८० सोमबार ८:३६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – केही दिनदेखि गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्ने गर्छ । मार्चको पहिलो हप्ता अर्थात फागुनको अन्तिमदेखि नै तापक्रम बढ्न थालेको हो । तराईका धेरै ठाउँको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

हिजो जनकपुरको तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस, धरानको ३४  डिग्री सेल्सियस, विराटनगरको ३३ दशमलव ६ डिग्री सेल्सियस, सिमराको ३३ दशमलब ८ डिग्री सेल्सियस, भैरहवाको ३२ दशमलव ६ डिग्री सेल्सियस, नेपालगञ्जको ३१ दशमलव २ डिग्री सेल्सियस, धनगढीको ३१ डिग्री सेल्सियस, दिपायलको ३० दशमलव ५ डिग्री सेल्सियस र वीरेन्द्रनगरको ३० दशमलव १ डिग्री सेल्सियस पुगेको थियो ।

आज पनि यही हाराहारीमा तापक्रम पुग्ने महाशाखाको अनुमान छ । प्रिमनसुनको समय मार्च, अप्रिल र मे महिनामा तापक्रम बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । यस वर्ष प्रिमनसुनको समयमा ३० देखि ४० डिग्री सेल्सियस तापक्रम रहने अनुमान छ ।

आज मधेश र कोशी प्रदेशसहित देशका पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ । अरु बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई ठाउँमा आज हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पानी पर्ने सम्भावना छैन । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया