पक्की घर र आफ्नै गाडी भएका नेपालीको सङ्ख्या थपिँदै

 चैत ५, २०८० सोमबार ८:५८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पक्की घरमा बस्ने र आफ्नै गाडी प्रयोग गर्ने नेपालीको सङ्ख्या बढेको छ । २०७८ सालको जनगणनाअनुसार ८६ प्रतिशत नेपालीको आफ्नै स्वामित्वको घर छ भने १२ दशमलव ८ प्रतिशत चाहिँ भाडाको घरमा बस्ने गरेका छन् ।

२०५८ सालको जनगणनामा देशमा ३७ प्रतिशत परिवारको बसोबास पक्की घरमा थियो भने यो अनुपात २०७८ सालको जनगणनामा बढेर करिब तीन चौथाइ अर्थात ७६ प्रतिशत पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सबैभन्दा धेरै करिब ६० प्रतिशत नेपालीका घरहरु एक तले बनेका छन् ।

२९ प्रतिशत २ तले, ९ प्रतिशत तीन तले र २ प्रतिशत चारभन्दा बढी तलाका घरहरु रहेको देखिएको छ । पछिल्ला वर्षहरुमा अर्धपक्की घरको संख्या १४ प्रतिशत पुगेको छ भने कच्ची घर ६३ प्रतिशतले घटेको देखिएको छ । 

यस्तै २०६८ सालदेखि १० वर्षको अन्तरमा कार, जीप, भ्यान, मोटरसाईकल, स्कूटर प्रयोग गर्ने परिवारको सङ्ख्या तीन गुणाले बढेको छ । २०६८ सालको जनगणनाअनुसार पाँच लाख १९ हजार पाँच सय परिवारमा गाडी थियो भने अहिले १८ लाख १६ हजार अर्थात २७ दशमलव ३ प्रतिशत घरमा गाडी रहेका छन् ।

तथ्याङ्कअनुसार निजी गाडीको स्वामित्व र प्रयोग गर्ने परिवाहरु बाग्मती प्रदेशमा बढी देखिएका छन् भने यो अनुपात पहाडी, हिमाली र ग्रामीण क्षेत्रमा कम देखिन्छ ।

यस्तै घरमा फ्रीज, एसी, वासिङ मेसिनप्रयोग गर्नेको सङ्ख्या समेत बढेको छ ।

नेपालको कूल जनसङ्ख्यामध्ये ६५ प्रतिशत जनसङ्ख्या आर्थिक रुपमा सक्रिय छन् । १० वर्ष वा माथिका कुल जनसङ्ख्याको करिब दुई तिहाई अर्थात ६५ प्रतिशत जनसङ्ख्या आर्थिक रुपमा सक्रिय रहेको छ । आर्थिक रुपमा सक्रियमध्ये ७१ प्रतिशत पुरुष र ६० प्रतिशत महिला छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया