गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैन : ओली

 चैत ६, २०८० मंगलबार १८:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न नेपाली कांग्रेसले संसदीय समितिको माग गरे पनि सम्भव नरहेको बताउनुभएको छ ।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ओलीले कांग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाउनुभयो ।

 उहाँले भन्नुभयो, ‘अहिले कांग्रेस सरकारबाट बाहिर छ । सरकारबाहिर हुनेबित्तिकै कांग्रेसजस्तो पार्टीले कुनै आवेश र उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति दिने र संसद् अवरुद्ध गर्नेजस्ता क्रियाकलाप गर्नु हुँदैन । हामी कांग्रेसबाट परिपक्व प्रतिपक्षको भूमिका माग्दछौँ ।’

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया