मातातीर्थ हुँदै काठमाण्डौ–हेटौंडा जोड्ने सडक २३ गतेसम्म बन्द

 चैत ८, २०८० बिहिबार ९:३३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – हेटौँडालाई काठमाण्डौसम्म जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग चखेल–मातातीर्थ सडक आजदेखि १६ दिनसम्मका लागि बन्द भएको छ । महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक फराकिलो बनाउने काम भैरहेकाले आउँदो २३ गतेसम्मका लागि बन्द गरिएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङले महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडकको मकैबारी–मातातीर्थ खण्डमा बेस हाल्ने लगायतका काम भइरहेकोले १६ दिन सडक बन्द गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार सडकको मकवानपुर र काठमाण्डौ दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको छ । 

यो सडकबाट आवातजावत गर्ने गाडीलाई फर्पिङको बाटो प्रयोग गर्न आग्रह गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया