स्वास्थ्य क्षेत्रको गुणस्तरमा कुनै सम्झौता हुनु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

 चैत ९, २०८० शुक्रबार १५:२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभएको छ । आज चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्ने उहाँको भनाई छ । प्रधानमन्त्री प्रचण्डले गुणस्तरका मापदण्ड पालना र कार्यान्वयनमा आयोगलाई क्रियाशील हुन आग्रह गर्नुभयो । बाहिरी देशबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा पद्धती आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा पनि उहाँको जोड छ ।

प्रधानमन्त्रीले आयोगबाट प्रस्तुत भएको प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको पनि बताउनुभयो ।    

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया