उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीलाई अध्यक्ष...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रमिकले अनुभूति गर्ने गरी श्रमको हक कार्यन्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्री यादवले श्रमिकवर्गलाई शुभकामना दिंदै संविधानमा समावेश भएका श्रम, सामाजिक सुरक्षा लगायतका हकहरुलाई प्रत्येक श्रमिकले अनुभूत गर्ने गरी कार्यान्वयन गर्न सरकार दृढ संकल्पित भएको बताउनुभएको हो ।
उहाँले नेपालको लामो राजनीतिक आन्दोलनपछि देशमा राजनीतिक स्थायित्व ल्याउनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेकोे भन्दै प्रशंसा पनि गर्नुभयो । प्रत्येक श्रमिकको राजनीतिक र आर्थिक अधिकारको लागि श्रम सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी पालना र योगदानमा आधारित सामाजिक सुरक्षा योजना जस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उहाँको भनाइ छ ।
यस्तै सबै प्रकारका श्रम शोषणको अन्त्य गरी असल श्रम सम्बन्धको संस्थागत विकास गरिनुपर्नेमा पनि उहाँले जोड दिनभयो । त्यसको लागि श्रमिक, रोजगारदाता तथा सरकारसँको सम्वाद, समन्वय तथा सहकार्यलाई निरन्तरता दिन आजको यस दिनले थप उत्प्रेरित गर्ने पनि उहाँले बताउनुभयो ।
अहिले विश्वव्यापी फैलिरहेको कोभिड १९ महामारीको चुनौतीको बावजुत पनि श्रमिकका अधिकार, सेवा सुविधा सुनिश्चित गर्न सबैले एकसाथ हिँड्नुपर्ने उहाँको भनाइ छ ।
अहिलेको परिस्थितिबाट छुटकारा पाउन सबै श्रमिकले आआफ्नो क्षेत्रबाट भूमिका खेल्न पनि मन्त्री यादवले आग्रह गर्नुभयो ।
narayan bhatt
May 1, 2020, 7:11 p.m.यो अनुसार भारतमा रहेका नेपाली मजदुरलाई आ आफ्नो घर जाने मौका मिलोस्...... सेनिटाइजर लगाएर /