उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीलाई अध्यक्ष...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – हृदयघातका कारण सिसेल्समा ज्यान गुमाएका सुनसरी बराह नगरपालिका १ का ज्ञानेन्द्र श्रेष्ठको बुधबार उतै अन्तेष्टि गरिएको छ ।
गएको मार्च २२ का दिन ज्यान गुमाएका श्रेष्ठको २३ दिनपछि आज सिसेल्समै अन्त्येष्टि गरिएको सिसेल्सका एनआरएनए अध्यक्ष रामप्रसाद पन्तले बताउनुभयो ।
पन्तका अनुसार अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै मृतकका परिवार र सम्बन्धित कम्पनीको सहमतिमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।
ज्ञानेन्द्र २०१५ जुन १५ देखि सिसेल्सको सनसाइन प्रोपर्टी प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आउनुभएको थियो ।
सँगै काम गर्ने साथीका अनुसार सधैंझैं आफ्नो कामबाट फर्किएर नुहाएपछि ज्ञानेन्द्र ट्वाइलेट जानुभएको थियो । ट्वाइलेट पसेको केहीछिनमै भित्रबाट एक्कासी आवाज आएको थियो । त्यहाँ पुगेर हेर्दा भुइँमा लडेको र बाहिर निकाल्दासम्म उहाँको ज्यान गइसकेको उहाँसँगै कार्यरत साथीले बताएका छन् ।
पोस्टमार्टमको रिपोर्टले पनि ज्ञानेन्द्रको हृदयघातका कारण ज्यान गएको देखएको छ । त्यहाँ ज्यान गुमाएका नेपालीको उतै अन्त्येष्टि गरिएको यो पहिलो घटना भने होइन ।
एनआरएनएका अनुसार मुसाबाट सर्ने एक रोगका कारण २०१९ मा ज्यान गुमाएका नवलपुरका सिमबहादुर गुरुङको पनि उतै अन्त्येष्टि गरिएको थियो ।