विपद् पुनर्निर्माणलाई छिटो, छरितो र प्रभावकारी बनाउन ‘विपद् पु...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – कोरोना महामारिका कारण विदेशमा समस्यामा परेका श्रमिकलाई खानेबस्ने व्यवस्था गर्न वैदेशिक रोजगार बोर्डले रकम पठाएको छ ।
मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनमा रहेको नेपाली दूतावासले माग गरे अनुसारको झण्डै ७० लाख रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत पठाएको बोर्डले जनाएको छ ।
कोरोनाको सङ्क्रमणको जोखिम बढ्सँगै काम रोकिदा, तलब नपाउदा र घर फर्कन नपाएका धेरै श्रमिकलाई अहिले खाद्यन्नको समस्या भएको छ । यी चार देशले श्रमिकका लागि खान बस्नको व्यवस्था गर्न रकम आवश्यक परेको भन्दै माग गरे अनुसारको रकम उपलब्ध गराएको बोर्डको भनाइ छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकको राहत र उद्दारका लागि बोर्डले यसअघि पनि सहयोग रकम पठाएको थियो । मलेसियाले गैरकानुनी श्रमिकका लागि ल्याएको ‘ब्याक फर गुड प्रोग्राम’मार्फत स्वदेश फर्कने श्रमिकका लागि पनि मलेसियामा रहेको दूतावासले माग गरे अनुसारको रकम पठाएको बोर्डले जनाएको छ ।
अन्य गन्तव्य देशहरुमा आममाफी घोषणा हुँदा अलपत्र श्रमिकलाई स्वदेश फिर्ता गर्न सम्बन्धित देशमा रहेका नेपाली दूतावासको अनुरोधमा बोर्डले परराष्ट्र मन्त्रालयमार्फत रकम पठाउँदै आइरहेको थियो ।
कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा घर फर्कन ठिक्क परेका श्रमिकहरु पनि परदेशमै रोकिएका छन् । विशेषगरी साना कम्पनीमा काम बन्द हुँदा श्रमिकलाई खाद्यन्न लगायत विभिन्न समस्या परेको त्यहाँ रहेका दूतावासले जनाएका छन् ।
भिम बाहादुर थिङ
May 14, 2020, 5:24 p.m.नमस्ते म साउदिको जुबेल बाट बोल्दैछु ! कम्पनिको नाम जुसर इम्दाद हो काम गरेको कम्पनी Burger king हो ! करार अबदी पुरा गरेर 29feb2020 मा काम रोकाएको हो ! कम्पनिले बेनिफीट रकम दिएको छैन र खानाको पनि ब्याबस्था गरिदीएको छैन ! कम्पनिमा फोन गर्दा कहिले जबाफ दिदैन जबाफ दिएपनी अर्को हप्ता, अर्को हप्ता भनी झुलाउने काम गरेकोछ ! अहिलेको समयमा हामिलाई खाना खानको लागि धरै गारो भएकोछ ! Iqma no 2429455963 pp no 05880652 imploy no 11249 हजुर हरुले सहयोग गर्नुहुन्छ भन्ने आसा गरेकोछु धन्यवाद !