पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
भूमिगत राजनीति छोडेर वार्ताबाट देशको राजनीतिक मूलधारमा आउने भए । ‘रुखमा बेल पाको बाँदरलाई हर्ष न बिस्मात’ भन्ने उखान जस्तो भयो, हामी परदेशीलाई ।
यति छिटो छरितो तरिकाले कसरी सम्भव भयो ? विप्लव मञ्चमा चढे ।
तालिका आवाजहरू आउन थाले । हामी लाईभ हेरी कमेन्ट, शेयर, लाइक गरीरहयौं ।
प्रचण्डका पूर्व साथी बादल पनि प्रधानमन्त्री केपी ओलीलाई उज्यालो दिँदै प्रचण्डलाई बादल लगाएको अवस्था छ । अवस्था र व्यवस्था, अस्तव्यस्त र अलमल पनि भेटिन्छ । कान दुख्ने गरी सुन्दै आएको कुरा देशमा नयाँ क्रान्ति ल्याउनको लागि भनेर हामी नागरिकलाई लडाउने महासायहरु आज जुन अवस्थातिर हुइँय्या दिंदै हुनुहुन्छ । अचम्म अनि गजब छ ।
रातो रगत पानीमा परिवर्तन भएको छ । यो किन भयो यसको उत्तर आजभोलि सिंहदरबार तिर सोध्न जानु पर्ने भएको छ । व्यवस्था र अवस्थाको पनि एउटा सीमा हुन्छ भन्ने गरिन्थ्यो । आज सबै सिमाना आफ्नो र आफूलाई बनाउँदा बाँकीको गला घोटिएको छ । कुन थियो लक्ष्य, कुन थियो उद्देश्य एउटा रमाइलो कथाजस्तो भएको छ ।
नत हामी व्यक्तिसँग रिसिबी देखाउन चाहन्छौँ । नत कुनै दुस्मनी नै छ । एक आपसमा जति दुस्मनी अवस्था थियो, त्यसको जिम्मेवार को ? त्यसबाट कसलाई के उपलब्धि भयो त ? होइन भने जवाफ पनि त दिन प¥यो ।
व्यवस्था परिवर्तन भयो, यो उपलब्धि हो र मान्दछौँ पनि । तर के व्यवस्था मात्र परिवर्तन हुनु हाम्रो आवश्यकता हो त ?
हर कुराको एउटा निश्चित उद्देश्य हुनुपर्ने बेलामा कति बेला कसले हामीजस्ता सर्वसाधारण नागरिकलाई आफ्नो फाइदाका लागि प्रयोग गर्छन् भनेर बुझ्नै नसकिने रहेछ ।
अहिलेको यो परिवेश ल्याउन जिम्मेवार को त ? युवा जति खाडीमा, नेता जति गाडीमा भन्ने अवस्था आएको छ । हाम्रो पसिनाको मूल्य खै त ?
सरसर्ती हेर्दा कहिले ओलीको साथमा कुर्चीका लागि मिलाप अनि त्यही नपाउँदा अर्कोसँग मिलाप । कमरेडहरूलाई सोध्न मन लाग्छ, यदि यसै गर्नु थियो भने त्यो आन्दोलन किन र के का लागि गरियो ?
अर्कोतर्फ विप्लवको कुरो नि उही आयो । प्रचण्डको विरोध गरी फेरि नागरिकलाई अर्को आस देखाएर नागरिकका लागि फेरि अर्को लडाइ लड्छौँ भनेका थिए । अलग धार बोकेको मान्छे भनेको खै त ? उपलब्धि यही हो त ।
यसको अर्थ त नागरिकलाई परिवर्तनको आस देखाइयो अनि दुःख मात्र दिइयो । नेताको विचार समय अनुकूल परिवर्तन भए, आफ्नो फाइदाको लागि । न हाम्रो लागि रोजगारी छ । न त देशमै फर्किएर केही गरौँ न त भन्न पनि वातावरण छ । जति कराए पनि चिच्याए पनि अहिलेको अवस्थाले भन्छ : ‘विप्लव केपीलाई, प्रचण्ड माधवलाई, हामी परदेशीलाई केही न केही ।’