‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डौ – आयरल्याण्ड–उल्भ्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपाल 'ए' ४० रनले पराजित भएको छ । आयरल्याण्ड–उल्भ्सले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर पाँच बलमा एक सय ८४ रन बनाउँदा अलआउट भयो ।
नेपाल 'ए' का देव खनालले ४७, विनोद भण्डारीले २६, लोकेश बमले २५ र बसिर अहमदले २७ रन बनाए पनि अरू ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पावरप्लेअघि ८७ रन बनाएर उत्कृष्ट सुरुवात गरेको नेपाल 'ए' का मध्यक्रम र पछिल्लो क्रमका ब्याटरको खेल कमजोर हुँदा नेपालले दोस्रो हार व्यहोर्नुपर्यो ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको आयरल्यान्ड उल्भ्सले २० ओभरमा छ विकेट गुमाएर दुई सय २४ रन बनायो । आयरल्यान्ड–उल्भ्सका कप्तान निल रकले सबैभन्दा ७१ रन बनाए । नेपालका सागर ढकालले तीन, कमल सिंह ऐरी र पवन सर्राफले समान एक विकेट लिए ।
आयरल्यान्ड–उल्भ्सले नेपाल 'ए' सँगको तीन खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । हिजो भएको पहिलो खेलमा नेपालको 'ए' टोली २१ रनले पराजित भएको थियो । शृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड–उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।