वेस्ट इन्डिजका क्रिकेटर डेभन थोमसलाई ५ वर्षको प्रतिबन्ध

 बैशाख २१, २०८१ शुक्रबार ९:१७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – वेस्ट इन्डिजका क्रिकेटर डेभन थोमसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाँच वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

‘एन्टी करप्शन कोड’ उल्लङ्घनमा दोषी पाएपछि डेभन थोमसलाई आईसीसीले प्रतिबन्ध लगाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ । अब पाँच वर्षसम्मका लागि उनले कुनै पनि प्रकारको क्रिकेटमा सहभागी हुने पाउने छैनन् ।

डेभन थोमसले श्रीलङ्का क्रिकेट, एमिरेट्स क्रिकेट बोर्ड र क्यारेबियन प्रिमियर लिगको ‘एन्टी करप्शन कोड’ उल्लङ्घन गरेको सात आरोप स्वीकार गरेका खबरमा उल्लेख छ । गएको वर्ष नै आईसीसीले ‘एन्टी करप्शन कोड’ उल्लङ्घन गरेको भन्दै थोमसलाई निलम्बन गरेको थियो ।

सन् २००९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका डेभन थोमसले एक टेस्ट, २१ एकदिवसीय क्रिकेट र १२ टी–२० क्रिकेट गरी ३४ खेल खेलेका छन् । उनले पछिल्लो पटक सन् २०२२ मा राष्ट्रिय टोलीबाट खेलेका थिए ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया