सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो । हैदराबादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले १० ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
कोलकाताका रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १ सय १३ रन बनाएको थियो । उसका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । हैदराबादको यो स्कोर आईपीएलको इतिहासमा फाइनल खेलमा अहिलेसम्मकै सबैभन्दा सानो स्कोर हो ।
यसअघि फाइनलमा सबैभन्दा थोरै रनको कीर्तिमान चेन्नई सुपरकिंग्सको नाममा रहेको थियो । उसले सन् २०१३ को आईपीएल फाइनलमा मुम्बई इन्डियन्ससँगको खेलमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदराबाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।