त्रिवि क्रिकेट मैदान नजिकै खेलाडीका लागि आवास बनाइन्छ : खेलकुदमन्त्री श्रेष्ठ

 जेठ १७, २०८१ बिहीबार १८:१८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि क्रिकेट मैदान नजिकै खेलाडीहरूका लागि आवासको व्यवस्था गरिने बताउनुभएको छ ।

त्रिवि क्रिकेट मैदानको निरीक्षण एवम् अवलोकनका लागि आज कीर्तिपुर पुग्नुभएका खेलकुदमन्त्री श्रेष्ठले अन्य देशहरूमा मुख्य मैदान नजिकै खेलाडीहरूका लागि आवासको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि त्यही अनुभवबाट सिक्दै खेल मैदान नजिकको क्षेत्रमा नै खेलाडीहरूका लागि आवास निर्माण गर्न होटल व्यवसायी सङ्घ (हान) सँग आग्रह गर्ने बताउनुभयो । यसले खेलाडीहरूलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उहाँको विश्वास छ ।

खेलकुदमन्त्री श्रेष्ठले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटिका कारण रोकिरहेको भन्दै आउँदो आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताउनुभयो । त्रिवि क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल शुरु गर्ने पनि उहाँको भनाइ छ ।

यस्तै नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले त्रिवि क्रिकेट मैदानमा पूर्वाधार बनाउने काममा आफूहरू लागेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया