उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृति
मंसिर ९, २०८१ आइतबार
काठमाडाैं – भक्तपुरका देवराज सिग्देलले मोटरसाइकलको ब्लुबुक नवीकरण गर्न वर्षैपिच्छे १० हजार रुपैयाँ तिर्दै आउनुभएको छ । धुलो, धुवाँ र घामपानी नभनी लाइनमा घण्टौं उभिएर उहाँले कर तिर्नुहुन्छ ।
सडकमा सुविधाजनक ढंगले मोटरसाइकल चलाउन उहाँले कर तिर्नुभएको हो । तर न उहाँले चिल्ला सडकमा मोटरसाइकल कुदाउन पाउनुभएको छ, न त चोकचोकमा ट्राफिक लाइटको उपभोग नै गर्न पाउनुभएको छ ।
‘हामीले यसरी दुःख झेलेर कर तिर्नुपर्छ, तर यो कर कहाँ जान्छ भन्ने हामीलाई पत्तो हुँदैन, हामीले यसकै लागि लोकतन्त्र ल्याएको हो ?’ आक्रोशित हुँदै सिग्देलले भन्नुभयो । आफूहरुले तिरेको कर नेता र ठूलाबडा कर्मचारीहरुको सुख सुविधाको लागि मात्रै प्रयोग भैरहेको उहाँको गुनासो छ ।
त्रिपुरेश्वरमा रहेको कर कार्यालयमा भेटिएका मकवानपुरका रामनाथ श्रेष्ठले पनि सरकारलाई तिरेको करको कुनै सदुपयोग नभएको र नागरिकलाई सुविधा नभएको गुनासो गर्नुभयो । ‘हामीले तिरेको करले त सामुहिक हितको काम हुनुपर्ने हो, तर त्यो न्युन मात्रै भएको पाउँछौं, सायद यस्तो नेपालमा मात्रै हुन्छ होला’ श्रेष्ठले भन्नुभयो, ‘हामीले तिरेको कर कहाँ खर्च भयो भनेर जानकारी दिने हिम्मत नहुनु भनेकै हाम्रो करमाथि गडबढी भैरहेको छ भन्ने प्रमाण हो ।’
कर तिरेपछि सरकारले केही सुविधा दिन्छ भन्ने शर्तमा नागरिकले सरकारलाई कर तिरेका हुन्छन् । तर नेपालमा भने नागरिकको सुविधाको लागि र उत्पादनमुलक क्षेत्रमा भन्दा सत्ता र सत्ताको पहुँचमा पुगेका व्यक्तिको मोजमस्तीमा करको पैसा सकिएको गुनासो छ । विकसित देशमा कर तिरेअनुसारको सेवा सुविधा पाउने भएर होला नागरिकले पनि राजीखुसी कर तिर्छन् । तर नेपालमा मैले कर तिरें भने सरकारले मेरो लागि पनि केही गर्छ भन्ने विश्वास सरकारले नागरिकलाई दिलाउन सकेको छैन । त्यसैले नागरिकले बाध्यता र डरकै कारण कर तिरिरहेका छन् ।
हामीले जे वस्तुको उपभोग गरिरहेका छौं, त्यसमा कतै न कतै राज्यले कर जोडेकै हुन्छ । हामीले उपभोग गर्ने वस्तुमा मात्र होइन, हामीले कति पैसा कमाउँछौं भन्ने पनि राज्यलाई थाहा छ र त्यसबाट आयकर काटिन्छ । वार्षिक ७ लाख रुपैयाँसम्म कमाउनेले सरकारलाई ४० हजार रुपैयाँ त आयकर नै बुझाउनुपर्छ । नागरिकले कर बुझाएवापत सरकारले पनि केही सुविधा दिएको भए आफूले तिरेको करमा नागरिकले अपनत्व महसुस गर्थे होला । तर नागरिकको कर नेता र ठूलाबडा कर्मचारीको सुख सुविधामै सकिने भएपछि धेरैले करलाई करकापकै रुपमा लिएका छन् ।
अहिले त झन स्थानीय तहमा एक डोको साग बेच्दादेखि खसीबाख्रा किनबेच हुँदा पनि कर तिर्नुपरेको छ । तर त्यो पैसाले गाउँको विकास भन्दा पनि स्थानीय तहकै जनप्रतिनिधिलाई मोटरसाइकल किन्नेदेखि गाडी भाडामा लिएर हुँइकाउने सुविधा मात्रै मिलेको छ ।
पत्रकार तथा लेखक मोहन मैनालीले आफ्नो पुस्तक देखेको देशमा राज्यलाई वैधानिक गुण्डाको रुपमा चित्रण गर्नुभएको छ । नागरिकलाई करकापमा पारेर कर लिने तर त्यसको हिसाबकिताब र सदुपयोग नगरेको भन्दै उहाँले नेपालमा नागरिकले तिरेको करको सदुपयोगको बारेमा पनि कुरा उठाउनुभएको छ ।
‘प्रजातान्त्रिक देशमा नागरिकले निश्चित शर्त (मौखिक) मा मात्रै कर तिरेका हुन्छन्, कुनै व्यक्तिगत सुविधा भन्दा सामुहिक सेवा सुविधाको लागि नागरिकले हौसिएर कर तिरेका हुन्छन, सायद नागरिकसँग गरिएका शर्त सरकारले पालना गरेकैले होला विकसित देशमा नागरिक कर तिर्दा खुसी पनि देखिन्छन, तर हाम्रोमा भने त्यस्तो छैन ।’ लेखक मैनालीले भन्नुभयो ।
मैनालीका अनुसार नागरिकसँग सरकारले कर लिँदा निम्न अलिखित सम्झौता गरेको हुन्छ, तर हाम्रोमा कार्यान्वयन भएका छैनन् ।
– हामीले तिरेको कर सार्वजनिक भलाइको लागि खर्च हुनुपर्छ । जस्तै स्कुल जान नसक्ने कुनै विद्याथी छ भने उसलाई स्कुल जाने वातावरण राज्यले बनाइदिनुपर्छ । किनकी नागरिकबाट सरकारले कर लिएको छ ।
– हामीले तिरेको कर कुशलतापुर्वक खर्च हुनुपर्छ । यसको अर्थ राज्यले थोरै पैसा खर्च गरेर धेरै र गुणस्तरीय काम गर्नुपर्छ । तब मात्रै हामीले तिरेको करमा हामीलाई गर्व हुन्छ । धेरै पैसा खर्च गरेर कम काम गर्नु भनेको नागरिकको पैसाको दुरुपयोग र अपमान गर्नु हो ।
– जहाँ खर्च गरिन्छ, करदाताको सहमतिमा मात्रै हामीले तिरेको कर खर्च गरिनुपर्छ । किनकी सरकारले खर्च गर्ने भनेको हाम्रो पैसा हो । हाम्रो सहमति भनेको हामीले पठाएका जनप्रतिनिधिको सहमति हो । त्यसैले बजेट बनाउने र खर्च गर्ने बेलामा हाम्रा सांसदका राम्रा योजनामा मात्रै खर्च हुनुपर्छ । नागरिकले भन्छन् ‘त्यो मेरो पैसा हो, जथाभावी खर्च गर्न पाइन्न ’
– हामीसँग कर लिनेले हाम्रो आम्दानी सबै हेरेको हुन्छ । हामीले कति कमायौं र राज्यलाई कति तिर्नुपर्छ भन्ने एक एक हिसाब सरकारसँग हुन्छ । तपाइँले यति कमाउनुभयो र यति कर काटियो भनेर सरकारले भनिरहेको हुन्छ । त्यसको मतलब के हो भने सरकारले पनि आफ्नो आम्दानी र खर्च प्रष्टसँग देखाउनुपर्छ । हाम्रो आम्दानी र खर्च सरकारले सबै हेर्न पाउने तर सरकारको आम्दानी र खर्च हामी करदाताले हेर्न नपाउने भन्ने त हुनुभएन नि ।
नागरिकले आफूले तिरेको करको हिसाबकिताब नपाइरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडा भने नागरिकले तिरेको एक एक रुपैयाँको खर्च सरकारले देखाउने दावी गर्नुहुन्छ ।
आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले भन्नुभयो, ‘ तपाइँहरु कर तिर्नुहोस्, तपाइँहरुले तिरेको एक एक रुपैयाँको खर्च भएको सही विवरण हामी तपाइँहरुलाई दिन सक्छौं, दिन्छौं भनेका छौं, त्यसैले सरकारी पैसा खर्च गर्दा त्यसको सही भुक्तानीको बारेमा कर्मचारी सचेत हुनैपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।