पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको ज्यान गयो

 असार ३, २०८१ सोमबार १२:१०:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाल्पा – पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको ज्यान गएको छ । रैनादेवीछहरा गाउँपालिका–३ डाडागाउँको जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक ५६ वर्षीय बिमलप्रसाद पन्तको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हिजो बेलुका घरमै बसिरहेको बेला चट्याङ लागेर घाइते भएका उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पुर्‍याइएको थियो । डाक्टरले उहाँलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया