शेयर बजार सामान्य बढ्यो, ३ अर्ब ४० करोड रुपैयाँको कारोबार

 असार ५, २०८१ बुधबार १६:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाणडौ – शेयर बजारमा सामान्य सुधार भएको छ । हिजो १८ दशमलव ७६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ अङ्कमा पुगेको छ ।

आज बैंक, फाइनान्स, जलविद्युत, लघुवित्त, निर्जिवन विमा र अन्य समूहको शेयर बढेकोमा अन्य समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर दुई दशमलव ६२ प्रतिशतले बढेको छ ।

आज नेपाल फाइनान्स, समाज लघुवित्त र खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्तको शेयर झन्डै १० प्रतिशतले नै घट्यो ।

आज तीन सय आठ वटा कम्पनीका ७२ लाख नौ हजार कित्ता शेयर तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया