नेपालमा हरेक वर्ष ५ दशमलव ०६ प्रतिशतले लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै

 असार ५, २०८१ बुधबार १८:२०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपालमा प्रत्येक वर्ष पाँच दशमलव शून्य  प्रतिशतका दरले लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । लागूऔषध दुर्व्यसनी, कानूनी कारबाही र अहिलेको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ नेपालले प्रस्तुत गरेको तथ्याङ्क अनुसार बर्सेनि पाँच प्रतिशतभन्दा धेरै प्रयोगकर्ता थपिने गरेको देखिएको हो ।

नेपालमा लागूऔषध प्रयोगकर्तामध्ये झन्डै ७५ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका रहेका पाइएको छ । गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ सालमा देशभर अनुमानित एक लाख ३० हजार चार सय २४ जना लागूऔषध प्रयोगकर्ता रहेका थिए ।

कुल लागूऔषध प्रयोगकर्तामध्ये सात प्रतिशत महिला प्रयोगकर्ता पाइएको छ । रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक राजु जोशीले लागूऔषधको प्रयोगकर्ता, व्यापारी र अपराधलाई एकै ठाउँमा राखेर नहेर्न सुझाव दिनुभयो । उहाँले एउटा लागूऔषध प्रयोगकर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पुर्‍यायो भन्ने हिसाबले सरकारले सोच्न आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया