अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा दुई जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल भएको छ । कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामा दोस्रो पटक बोलाइएका तीन जना हिजो पनि अनुपस्थित भएपछि नियुक्ति प्रक्रिया अन्योलमा परेको हो ।
सर्ट लिस्टमा छानिएका पाँचजनामध्ये गएको आइतवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र उपस्थित भएका थिए । राष्ट्रिय योजना आयोगको संयोजकत्वमा गठित सिफारिस समितिले बाँकी तीन जना कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई हिजो कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि डाकेको थियो ।
हिजो पनि उनीहरू उपस्थित नभएपछि नियुक्ति प्रक्रिया अघि बढाउने/नबढाउनेबारे समिति अन्योलमा परेको हो । धितोपत्र ऐनमा सिफारिस समितिले योग्यता पुगेका उम्मेदवारबाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
सिफारिस समितिले कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामा ४८ अङ्क तथा व्यावसायिक कार्ययोजना र शैक्षिक योग्यतामा ५२ अङ्क छुट्याएको छ । तर कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामै अनुपस्थित रहेका व्यक्तिलाई कसरी सिफारिस गर्ने भन्नेबारे समिति अन्योलमा परेको हो ।
अर्थतन्त्रको मुख्य सूचकका रूपमा मानिने पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड पछिल्लो ६ महिनादेखि नेतृत्वविहीन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।