सातदाेबाटाेमा हुने पाैडी प्रतियाेगितामा ३ सय ५१ जना खेलाडीले ६५ वटा विधामा प्रतिस्पर्धा गर्ने

 असार २०, २०८१ बिहीबार १५:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ‘विश्व अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी सङ्घले यही असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनशिपको तयारी पूरा भएको छ ।

सङ्घका सचिव गङ्गालाल गोलेका अनुसार ३ सय ५१ जना खेलाडीले विभिन्न ६५ वटा विधामा प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिता हुनेछ ।

विभिन्न उमेर समूह र खुला गरी ६५ वटा विधामा खेलाइने प्रतियोगितामा सबै भन्दा कम उमेरका ८ वर्षमुनिको उमेर समूहमा ६ वर्षका खेलाडीको पनि सहभागिता रहने छ । खेलाडीहरूको सहजताका लागि सङ्घले डिजिटल रजिस्ट्रेशनको व्यवस्था गरेको थियो ।

सङ्घको गएको वैशाख ८ गते सम्पन्न अधिवेशनपछि नयाँ कार्यसमितिले आयोजना गर्न लागेको प्रथम प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिताले पौडी खेलको विकास र विस्तारमा आफूहरूलाई थप जिम्मेवार बनाएको छ सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले बताए ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया