इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा ४१ जनाको ज्यान गएको छ । झण्डै दुई सय जना घाइते भएका छन् । रुसले हिजो युक्रेनको राजधानी कीभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा हिजो दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । हिजोको आक्रमणमा ४१ जनाको ज्यान गएको र १ सय ८४ जना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
मारिनेमा तीन जना बालबालिका रहेका छन् । कीभको ओखमाटित बाल अस्पतालमा भएको आक्रमणले ठूलो चिन्ता सृजना गरेको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेनेस्कीले बताउनुभएको छ । रुसले युक्रेनका सबैजसो ठूला उर्जा केन्द्रमा आक्रमण गरेर जनजीवन कष्टकर बनाएको अवस्थामा अस्पताल लक्षित आक्रमणले थप चिन्ता थपेको उहाँले बताउनुभएको छ ।
हिजो आक्रमणमा परेको बाल अस्पताल युरोपको सबैभन्दा महत्त्वपूर्ण अस्पतालमध्येकै एक थियो । यसले हजारौँ बालबालिकाको जीवन रक्षा र पुनर्स्थापना गर्दै आएको छ । हिजो रुसले युक्रेनका विभिन्न सहरमा ४० वटा भन्दा धेरै मिसाइल प्रहार गरेको खबरमा उल्लेख छ ।
हिजोको आक्रमणमा रुसले किन्जल हाइपरसोनिक मिसाइलको प्रयोग गरेको थियो । जुन रुसको सबैभन्दा उन्नत हतियार हो । किन्जल मिसाइल ध्वनिको गतिभन्दा १० गुणा छिटो उड्छ, यो मिसाइललाई रोक्न धेरै गाह्रो हुने युक्रेनी सेनाले जनाएको छ ।
पछिल्लो समय अमेरिका र युरोपले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग गरेपनि रुसी सेनाको आक्रमण रोक्न हम्मेहम्मे परिरहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।