टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
काठमाण्डौ – देशका विभिन्न ठाउँमा बाढी/पहिरोलगायत विपदका घटनामा परेर मनसुन शुरु भएयता अहिलेसम्म ८० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न ठाउँमा गरी ८० जनाको ज्यान गएको हो ।
पछिल्लो पटक रुकुमपूर्वमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । तीनजना घाइते भएका छन् । सिस्ने गाउँपालिका–१ दल्ली गैरामा गएराति पहिरोले सल्ली बिसौनीका ११ वर्षीय सरगम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परि कर्णबहादुर बुढा, गम्भा बुढा र तीलसरा बुढा घाइते हुनुभएको छ ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी आठ वर्षका रुपकला मगरको ज्यान गएको छ । ४० वर्षीया हीरामाया मगर र उहाँका सात वर्षीय छोरा योगेश घाइते हुनुभएको छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छ, अरू पाँच घर उच्च जोखिममा छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनका लागि पाँच हजार ४१ जना प्रहरी परिचालन गरिएको छ । बाढीपहिरोले ४१ वटा पुलमा क्षति गरेको छ । कतिपय पुल बाढीले बगाएको छ । एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।