खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर बेपत्ता दुई बसका यात्रु खोज्न आउने आफन्तलाई चितवनका होटलहरूले निःशुल्क खाना र बासको व्यवस्था गर्ने भएका छन् ।
होटल व्यवसायी सङ्घ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरूको खोजीका लागि आउनेहरूलाई निःशुल्क खाना खुवाउने र बसाल्ने निर्णय गरेको हो । सङ्घले आज विज्ञप्ति निकालेर बेपत्ता भएकाहरूको उद्धारमा सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिनुभयो ।
पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजीमा आउँदा खान/बस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आज बिहान नारायणगढ–मुग्लिन सडकमा पहिरोमा परेर बेपत्ता भएका दुई वटा बसको खोजी भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।