खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काठमाण्डाै – सरकारले जोखिम रहेका जिल्ला र क्षेत्रमा मौसम प्रतिकूल अवस्थामा रात्रिकालीन गाडी नचलाउने र यसको कडाइका साथ कार्यान्वयन गर्ने निर्णय नै गरेको छ ।
गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा आज यातायात व्यवसायीका प्रतिनिधिसँग छलफल गरी यस्तो निर्णय गरेको हो । आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएपछि गृह मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको हो ।
'रेड जोन' अर्थात् उच्च जोखिमका जिल्ला र क्षेत्रका सडकमा धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका ठाउँमा मौसम पूर्वानुमान महाशाखाको तीन दिनको पूर्वानुमानलाई हेरेर रात्रिकालीन बस नचलाउने निर्णय भएको गृह सचिव एकनारायण अर्यालले बताउनुभयो ।
यस्तै यात्रुलाई अनिवार्य टिकट लिएर यात्रा गर्न अनि यसको पालना भएरुनभएको अनुगमन गर्न सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।