पहिरोका कारण एक सय ५० वटा कन्टेनर रसुवागढीमै रोकिए

 साउन १०, २०८१ बिहीबार १५:१५:५१ | रासस
unn.prixa.net

फाइल फाेटाे

रसुवा – पहिरोले पासाङ ल्हामु राजमार्गको रसुवा खण्डमा ठूला गाडी रोकिएका छन् । राजमार्गको माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्तीमा ठूला गाडी बन्द भएका हुन् ।

गएको वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला गाडी रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार आजदेखि अर्काे व्यवस्था नभएसम्म हल्का गाडीबाहेक अन्य ठूला गाडी लैजान रोक लगाइएको छ । पर्खालको ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा समेत जोखिम बढेको छ ।

सडकमा पानी जम्न नदिई अन्यत्र निकास गर्ने, भित्तामा रहेको पानीलाई पाइपबाट निकास दिने, नालीलाई निरन्तर सफा गराउने, वैकल्पिक मार्ग खोल्ने जस्ता काम गर्न एक महिना अगाडि नै अनुरोध गरे पनि जिम्मेवार निकायले बेवास्ता गरेका कारण पासाङ ल्हामु मार्गमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

रसुवा भन्सार कार्यालयका अनुसार काठमाण्डाैका लागि चीनबाट आयात भएका एक सय ५० विभिन्न सामग्रीसहितका कन्टेनर रसुवागढीमै रोकिएका छन् । रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजनल इन्जिनियर सुबाेध देवकोटाले एक/दुई दिनमै सबै खाले गाडी चल्ने गरी वैकल्पिक मार्गका रूपमा धारापानी, बेलचौर, सिम्ले ग्रामीण सडक सञ्चालन गराउन मर्मत शुरू गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया