सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा ३ दलबीच सैद्धान्तिक सहमति

 साउन ११, २०८१ शुक्रबार १५:१४:४२ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा तीन दलबीच सैद्धान्तिक सहमति भएको छ ।

गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा आज बसेको बैठकपछि कार्यदलका सदस्यहरूले आफूहरूबीच सैदान्तिक सहमति भएको र अब आउँदो सोमवार सरोकार राख्ने निकायहरूसँग छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिने बताएका छन् ।

कार्यदलका सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सैद्धान्तिक सहमति भएको र व्यावहारिक रूपमा शब्दहरू के लेख्ने भन्नेमा सरोकारवालाको राय लिने बताउनुभयो ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा एमालेका महेश बर्तौला र माओवादीका जनार्दन शर्मा सम्मिलित कार्यदलले संसद्मा विचाराधीन टीआरसीसम्बन्धी ऐन संशोधनको मस्यौदामा सहमति हुन बाँकी मुद्दामा छलफल गरेर युद्धअपराधमा संलग्नलाई ७५ प्रतिशतसम्म घटी सजाय गर्ने प्रावधान राख्न गएको मङ्गलवार नै सहमति गरेको थियो । गम्भीर मानव अधिकार उल्लङ्घन केलाई भन्ने भन्नेमा पनि उनीहरूबीच मङ्गलवार नै सहमति भएको थियो । जसअनुसार क्रूरतापूर्वक गरिएको हत्या र नियतपूर्वक गरिएको हत्यालाई ‘मानव अधिकारको गम्भीर उल्लङ्घन’ भनी परिभाषित गरिने भएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया