नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
काठमाण्डाै – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारत कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदूरलाई उद्धार गरी नेपाल ल्याएको छ ।
रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदूरलाई मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमार्फत जानकारी दिनुभएको छ । उद्धार गरिएकामध्ये सिरहाका २१ जना र धनुषाका सात जना मजदूर रहेका छन् ।
मानव बेचबिखन नियन्त्रण समितिले सबैलाई घर–घर पठाउने छ । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय थियो । प्रधानमन्त्री ओलीले उद्धार कार्यलाई सफल बनाएकोमा मन्त्रालयका सचिव दिनेश भट्टराईसहितको टोलीलाई धन्यवाद दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।