चितवनमा ६४ जना डेङ्गी सङ्क्रमित

 साउन १२, २०८१ शनिबार १४:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवनमा ६४ जना डेङ्गीका सङ्क्रमित भेटिएका छन् । तीन सय जनाको परीक्षणका क्रममा ६४ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीकाअनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गीको सङ्क्रमण बढेको छ । इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ४५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकामा ६ जना रहेका छन् । डेङ्गीबाट जोगिने मुख्य उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया