नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
काठमाण्डौ – श्रीलङ्का भ्रमणमा रहेको भारतले घरेलु टोलीसँगको पहिलो टी–२० खेल जितेको छ । जीतसँगै भारतले तीन खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ । श्रीलङ्काको पाल्लीखेलेमा हिजो भएको खेलमा पाहुना टोली भारत ४३ रनले विजयी भयो ।
भारतले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १९ ओभर दुई बलमा एक सय ७० रन बनाउँदा अलआउट भयो । उसका पथुम निशंकाले सर्वाधिक ७९ रन बनाए । भारतका रियान परागले तीन, अर्शदिप सिंह र अक्षर पटेलले समान दुई तथा मोहम्मद सिराज र रवि बिष्नोईले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । भारतका कप्तान सूर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाए । श्रीलङ्काकाका मथिशा पथिरानाले चार विकेट लिए ।
दुई देशबीचको दोस्रो टी–२० खेल आज र तेस्रो तथा अन्तिम खेल पर्सि मंगलवार हुनेछ । त्यसपछि तीन खेलको एकदिवसीय शृङ्खला शुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।