नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
काठमाण्डौ – आज विश्व हेपाटाइटिसविरुद्धको दिवस : 'अब चाँही हेपाटाइटिसविरुद्ध कदम चाल्ने समय आयो' भन्ने नाराका साथ मनाईंदैछ । हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । बोलीचालीको भाषामा हेपाटाइटिसलाई 'जण्डिस' पनि भन्ने गरिन्छ ।
सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ घातक मानिन्छ । भाइरस वा ब्याक्टेरियाका कारण हुने हेपाटाइटिसले गम्भीर समस्या निम्त्याउन सक्ने डाक्टरले बताएका छन् ।
हेपाइटाइटिस दुई तरिकाको हुन्छ । हेपाटाइटिसको शुरुको अवस्थालाई एक्यूट भनिन्छ भने पुरानो समस्यालाई क्रोनिक भनिन्छ । हेपाटाइटिसको प्रारम्भिक अवस्था शुरुको तीन महिनासम्म रहन्छ । यसको ६ महिनासम्म पनि उपचार नभएमा यसले क्रोनिक हेपाटाइटिसको रूप लिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
सुरुवाती अवस्थामा शरीर पहेँलो हुन थालेमा त्यसको सही ढङ्गले उपचार नभएमा त्यसले क्रोनिक रूप लिन थाल्ने डाक्टरको भनाइ छ । यसका कारण कलेजोको क्यान्सरसमेत हुन सक्छ । ज्वरो आउनु, वाकवाकी लाग्नु, जिउ दुख्नु, शरीर पहेलो हुनु, पेट दुख्नुलगायत यसका लक्षण हुन् । पानी, असुरक्षित शारिरिक सम्बन्धलगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ ।
हेपाटाईटिस 'ए' र 'ई' पानी तथा दूषित खानेकुराका कारण सर्ने गर्छ । रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाटाइटिस भए/नभएको थाहा पाउन सकिन्छ । पानी उमालेर पिउन, असुरक्षितरुपमा यौन सम्बन्ध नराख्न, गर्भावस्थामा गर्भवतीले डाक्टरको सल्लाह लिन र हेपाटाइटिसविरुद्धको खोप लगाउन तथा बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउन डाक्टरको सुझाव छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ । डाक्टरका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ ।
हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा आवश्यक परामर्श लिन डाक्टरको सल्लाह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।