अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो
पुस १४, २०८१ आइतबार
काठमाण्डाै – रातो मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेलको थतिटोलबाट जावलाखेलतर्फ तान्न थालिएकाे छ । गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले दिनुभएको जानकारीअनुसार पाटन क्षेत्रका स्थानीयवासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रूपमा रथलाई तानेर आज जावलाखेल पुर्याइनेछ ।
सातगाउँमा सतुङ्गल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर छन् । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले परम्परागत बाजा, झाँकीसहित रातो मच्छिन्द्रनाथको रथ तानिने जानकारी दिनुभयो ।
आज रथ तान्नका लागि हिजो बेलुकी रथको टुप्पोबाट नरिवल खसालिएको थियो । रथको टुप्पोबाट दुई पटक नरिवल खसाल्ने परम्परा छ । रथलाई आजै जावलाखेल पुर्याउन सके आउँदो आइतवार भोटो जात्रा हुनेछ । लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुयाइएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
रथलाई लगनखेलबाट जावलाखेल तान्नका लागि गएको जेठ १७ ज्योतिषहरूले आजको साइत निकालेका थिए । रथयात्राका लागि ललितपुर महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्नुका साथै सडक वारपार रहेका तार हटाएको छ । रथ तान्ने क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको छ । यस्तै अहिले रथ तान्ने क्षेत्रमा चहलपहल बढेको छ ।
गएको वैशाख २७ गते बिहीवार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा शुरू भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालको मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा विधिवत् रूपमा शुरू भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भएको जानकारी दिन यस पटकदेखि भोटो देखाएको भोलिपल्ट सप्तपातल पोखरीमा माछा छोडिनेछ । रातो मच्छिन्द्रनाथको जात्रा सकिएपछि जोडी परेवा उडाएर मत्र्यमण्डलमा र पोखरीमा जोडी माछा छोडेर पालाल जानकारी दिनुपर्छ भन्ने किंवदन्ती छ, सप्तपाताल पोखरीको विनाशसँगै यो प्रचलन रोकिएको थियो, यसपटक पोखरीको पुनर्निर्माण गरिसकेकाले अब यो परम्परा पुनर्जीवित हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।